विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा
काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारले ल्याएका विद्येयक अधिनायकवाद उन्मुख रहेको दावी गरे। ‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न…






