April 17, 2026, Friday
२०८३ बैशाख ४

विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्।

सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारले ल्याएका विद्येयक अधिनायकवाद उन्मुख रहेको दावी गरे।

‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न सक्दैनौँ, सरकारले विधेयक फिर्ता नगरेसम्म संसद चल्दैन ।’ सभापति देउवाले संसद अवरुद्धबाट  सरकार नसच्चिए सडकमा आफूहरु उत्रने चेतावनी दिए।प्रजातन्त्रको सवालमा कसैसँग कुनै पनि मूल्यमा कांग्रेसले सम्झौता नगर्ने भन्दै देउवाले सरकार प्रजातन्त्र मास्नतर्फ लागेको आरोप लगाए।

उनले दूरसंचार विद्येयकको बारेमा संचारमाध्यममा आएको समाचार सही भए मुलुककै लागि गम्भीर विषय भएको बताए। ‘मिडिया काउन्सिल विद्येयकको नाममा पत्रकारलाई लेख्न तर्साइरहेको सरकार अब टेलिफोनमा पनि रोक्न खोज्दैछ, सरकारको नियत ठिक देखिएन।’

विपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने उनको तर्क थियो । कार्यक्रममा उपसभापति विमलेन्द निधी, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले विपी कोइरालाको बारेमा चर्चा गरेका थिए।