सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, भदौ २६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोशालामा १२ र डोटीको प्रयोगशालामा थप ६ जना गरि १८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टी अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ४ जना, कञ्चनपुरको महाकाली नगरपालिका ६ का ३ जना, वडा नम्बर ४ का एकजना र कञ्चनपुरको कृष्णपुर नगरपालिकाकै ४ जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले ४ पुरुष र २ महिला गरी थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन । उनका अनुसार प्रयोगशालामा भएको परीक्षणमा बोगटान फुडसलि गाउपालीका बाड नम्बर ५ का ६१ बर्षिय १ महिला, १६,२६,२९ बर्षिय ३ पुरुष, बाड नम्बर ६ का २५ बर्षिय १ महिला, बाड नम्बर ७ का ५० बर्षिय १ पुरुषमा रहेका छन ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा आज सबैको रिर्पोट नेगेटीभ आएको छ । पछिल्लो २४ घण्टामा १ सय ९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटीभ आएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ४ सय ६ पुगेको छ। उनीहरु मध्ये ५ हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।





प्रतिकृया दिनुहोस्