April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

डोटी, भदौ २६ (ई-रैवार)

डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका  प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार घाइते हुनेमा अछामको मेल्लेख गाउँपालिकाका दानी टमटा, रूपबहादुर खड्का, राजेन्द्र बम, धनबहादुर शाह, नरबहादुर रावल, कमला खड्का, दानसिँह टमटा, सपना टमटा, मनसारा टमटा, संकर टमटा, पारस टमटा रहेको जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ । जीपमा १४ जना सवार रहेको बुझिएको छ ।