April 18, 2026, Saturday
२०८३ बैशाख ५

जोरायल गाउँपालिकालाई अनुदान रोक्का गर्ने मन्त्रालयको चेतावनी

डोटी, भदौ २५ (ई-रैवार)

संघीय मन्त्रालयले डोटीको जोरायल गाउँपालिकालाई अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई उल्टै ठाडो जवाफ लेखेर पठाएको भन्दै अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) बमोजिम मन्त्रालयले स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरिएकोले नरेन्द्र ठगुन्नालाई हाजिर हुन दिन जोरायल गाउँपालिकालाई पत्राचार गरेको छ ।

यस प्रकृतिका काम कारबाहीलाई मन्त्रालयले गम्भीरतापूर्वक नियालीरहेको उल्लेख गर्दै पत्रमा भनिएको छ, स्थानीय तहमा प्रदान गरिने वित्तिय समानिकरण अनुदान रोक्का गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने व्यहोरा स्मरण गराउदै आगामि दिनमा पुनः दोहोरिन नदिन मन्त्रालय अनुरोध गर्दछ।

आफ्नो सहमती र समन्वय बिना मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा ठगुन्नालाई पठाएकोमा असहमती प्रकट गर्दै अध्यक्ष दुर्गा दत्त ओझाले मन्त्रालयलाई भदौ ९ गते हाजिर गराउन नसक्ने ठाडो पत्र पठाएका थिए ।

जोरायल गाउँपालिका अध्यक्ष ओझाले प्रमुख प्रशासकीय अधिकृत ठगुन्ना शारीरीक रुपले अशक्त भएकोले काम गर्न सक्ने अवस्थामा नरहेको समेत पत्रमा उल्लेख गरेका थिए ।