March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वमा कोरोना संक्रमणबाट २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु

काठमाडौं, भदौ २३ (ई-रैवार)

विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार १ सय १५ पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४ सय २१ पुगेको छ । एकै दिन २ लाख १६ हजार ८ सय ५ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९ सय ११ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २ सय ८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १ सय ७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ६सय ४ पुगेको छ । त्यसमध्ये ४५ लाख ९४ हजार ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६ सय ४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । ६७ लाख ४७ हजार ४ सय ४५ जना संक्रमित भएकोमा ५३ लाख ८५ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ५ सय ७५ जनाको ज्यान गएको छ भने १३ लाख १२ हजार १ सय ७९ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४९ हजार ५ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७ सय ९३ जनाको मृत्यु भएको छ । २९ हजार ३ सय ४६ जना संक्रमित भएकोमा २४ हजार ८ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।