March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघ्यो, मृतकको संख्या ८ लाख ६५ हजार १ सय ५४ पुग्यो

काठमाडौं, भदौ २० (ई-रैवार)

कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार १ सय १२ पुगेको हो ।

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ६५ हजार नाघेको छ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ६५ हजार नाघेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ६५ हजार १ सय ५४ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।