सुदूरपश्चिम प्रदेशमा थप ४२ जना कोरोना मुक्त, आजसम्म ५ हजार ४२ जना डिस्चार्ज

धनगढी, भदौ १९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार डोटीबाट ४१ र कञ्चनपुरबाट १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन।
आजसम्म सुदूरपश्चिम प्रदेशमा ५ हजार ४२ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका ९ वटै जिल्लाका ५ हजार ४२ जनाले कोरोना जितेका छन्।
स्वास्थ्य महाशाखा प्रमुख कार्कीले सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ३ सय ४१ जना निको भएर घर फर्किएका बताएका छन्। यस्तै डोटीमा ८ सय ६१, अछामका ८ सय १३, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको छन ।
बाजुराका ४ सय ४२ जना, बैतडीका ३ सय २५, डडेल्धुराका २ सय ९९, बझाङका २ सय ८५ जना र दार्चुलाका ४१ जनाले कोरोना जितेका छन् ।
सुदूरपश्चिम प्रदेशमा बिहिवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार १ सय २७ पुगेको छ। कोरोना संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।





प्रतिकृया दिनुहोस्