March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

इङ्ल्यान्डविरुद्ध पाकिस्तानको जित, सिरिज बराबरीमा

 

काठमाडौं, भदौं १७  (ई-रैवार) 

इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १(१ को बराबरीमा सकिएको हो ।

पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ८५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि अलराउन्डर मोइन अलिले अर्धशतकिय पारी खेले पनि टोली हार टार्न सकेनन् । उनले ३३ बलको सामना गर्दै ४ चौका र ४ छ्क्काको मद्दतमा ६१ रनको योगदान दिए पनि टोलीको हार टरेन ।

त्यस्तै टम ब्यान्टनले ४६ रन जोडे । उनले ३१ बलमा ८ चौका सहित ४६ रन जोडेका थिए । साम बिलिंग्सले २६ रन र लेविस ग्रेगोरीले १२ र कप्तान इओन मोर्गनले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेन ।

पाकिस्तानका लागि शाहिन अफ्रिदि र वाहब रियाजले समान दुई दुई विकेट लिए भने इमाद वासिम र हरिस रउफले एक एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८६ रनमा अविजित रहे । उनले ५२ बलको सामना गर्दै ४ चौका र ६ छ्क्कासहित ८६ रनको योगदान दिएका हुन् ।

त्यस्तै हैदर अलिले ३३ बलमा ५ चौका र दुई छक्का सहित ५४ रन जोडे । कप्तान बाबर आजमले २१, शादब खानले १५ रन जोड्दा इमाद वासिम ६ रनमा अविजित रहेका थिए । बलिङतर्फ इङ्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अलि र टम कुरानले पनि समान एक एक विकेट लिएका थिए ।

यसअघि सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुनु पुग्दा दोस्रो खेलमा भने इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।

एजेन्सी