April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

 

डडेल्धुरा, भदौ १६  (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङका ३८, बैतडीका ११, अछामका ५ र डडेल्धुराका २ जनामा कोराना पुष्टी भएको छ ।

प्रयोगशाला इन्चार्ज भूषालका अनुसार बझाङको केदारस्यूँ गाउपालिकामा १६, बुङ्गल नगरपालिमा १४, थलारा गाउपालिकामा ४, छव्विस थापाभारा गाउपालिकामा र बिथ्थड गाउपालिकामामा २÷२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बैतडीको शिगास गाउपालिकामा ८, केलौली नगरपालिकामा २, पुर्चौडी नगरपालीकामा २, अछामको पन्चदेवल बिनायक नगरपालिकामा ५ र डडेल्धुराको गन्याफधुरा गाउपालिकामा २ जनामा कारोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताएका छन ।

दुर्गाथलिका गाउपालिकाका ४७ र दार्चुलाको शैल्यशिखर नगरपालिका १ र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक जना प्रहरीमा कारोना पुष्टि भएको समेत इन्चार्ज भूषालले बताएका छन ।