April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त

 

धनगढी, भदौ १६ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा सोमवार थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन ।

योसंगै प्रदेशमा झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ वटै जिल्लाका ४ हजार ९ सय ७९ जनाले कोरोना जितेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका ८ सय १६, अछामका पनि ८ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाजुराका ४ सय ४२ जना, बैतडीका ३ सय २२, डडेल्धुराका २ सय ९९, बझाङका २ सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आईतबार सम्म ५ हजार ९ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ।