April 18, 2026, Saturday
२०८३ बैशाख ५

बयालपाटा अस्पतालमा एक स्वास्थ्यकर्मी सहित थप २ जनामा कोरोना पुष्टि

 

अछाम, भदौ १३ (ई-रैवार)

अछामको बयालपाटा अस्पतालमा कार्यरत थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बयालपाटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी सहित २ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुवैमा कोरोना संक्रमण देखिएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताएका छन ।

यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा अस्पतालका १९ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो ।

बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचनले २२ जना संक्रमित मध्ये एक जना निको भएर घर फर्किसकेको बताएका छन्।