कैलालीमा २ फरार अभियुक्त पक्राउ

धनगढी, भदौ १३ (ई-रैवार)
जिल्ला प्रहरी कार्यालय कैलालीले २ जना फरार अभियुक्त पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा कैद तोकिएका गौरीगंगा नगरपालिका २ का २६ वर्षीय बलबहादुर रानालाई २ वर्षपछि पक्राउ गरेको हो ।
त्यसैगरि, जग्गाको कागजातमा किर्ते सहीछाप सहित नक्कली कागजात गरेको अभियोगमा फरार कैलालीको जोशीपुर गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवप्रसाद डगौरा ६ वर्षपछि पक्राउ परेका हुन् ।
रानाले चौमालास्थित पुरानो बजारमा ठेला चलाउँदै आएका त्रिभुवन चन्दलाई उधारो रकमको विषयमा २०७५ भदौ २१ गते चक्कु प्रहार गरी घाईते बनाई फरार भएका थिए । उनलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
त्यस्त डगौराले सोही ठाउँका सुन्दरी दासको किर्ते सहीछाप सहित नक्कली कागज गरी जालसाजी गरेको पाइएपछि उनलाई जिल्ला अदालत कैलालीले वि।स २०७१ माघ ३ गते एक लाख २८ हजार एक सय पच्चीस रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका डगौरालाई जरीवाना असुलीका लागि अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्