April 18, 2026, Saturday
२०८३ बैशाख ५

धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ

 

दार्चुला, भदौ १३ (ई-रैवार)

दार्चुलामा धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ परेका छन् । प्रहरीले जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द भट्टलाई पक्राउ गरेको हो ।

भट्टले शेरबहादुरको टाउँको र गर्धनमा धारिलो हतियार हँसिया (बनास) प्रहार गरि हत्या गरेको थियो । हत्या गरी फरार रहेका भट्टलाई प्रहरीले शुक्रवार बिहान सवा १० बजे पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बिहीवार चन्दको हत्या गरी फरार भएका भट्टलाई प्रहरीले शुक्रवार वडा नम्बर २ को तारुली जंगलबाट पक्राउ गरिएको बताए । भट्टलाई जन्मकैदको सजाय हुने प्रहरी निरीक्षक जोशीले बताएका छन ।