April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

 

कञ्चनपुर, भदौ ११ (ई-रैवार) 

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर चट्याङ लागी एक जनाको मृत्यु भएको हो ।

पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर अन्दाजी २३ वर्षका युवक गणेश सिंहलार्ई चट्याङ लागी मृत्यु भएको प्रहरी जानकारी प्रहरी जानकारी दिएको छ ।

स्थानिय सामाजिक अभियन्ता निशान सिंहले  गणेश सिंह संगै रहेका लालु बोगटी  भने सामान्य घाइते भएको जानकारी दिएका छ्न ।