नेपालमा थप ८ सय ८५ जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो
धनगढी, भदौ १० (ई-रैवार)
नेपालमा थप ८ सय ८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३ सय ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।
आज सम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ७ सय ११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना र प्रदेश १ मा १ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ५१ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४ सय १८ पुगेको छ । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
प्रतिकृया दिनुहोस्