प्रहरीमा फैलिँदै संक्रमण : हालसम्म २ डीआईजी सहित १२ सय ६० प्रहरीमा कोरोना संक्रमण
काठमाडौं, भदौ १० (ई-रैवार)
नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।
नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) कुवेर कडायतका अनुसार हालसम्म प्रहरीमा २ डीआईजीसहित कोरोना संक्रमितको प्रहरीको संख्या १ हजार२ सय ६० पुगेको छ । जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रहरी प्रवक्ता कडायतका अनुसार कोरोना संक्रमित प्रहरी मध्ये ५ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय २६ र काठमाडौं उपत्यकाका १ सय ४२ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कडायतका अनुसार प्रदेश १ मा १ सय ८६, प्रदेश २ मा १ सय ३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिकृया दिनुहोस्