कोरोना संक्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु
- Eraibar
- २०७७ भाद्र ९, मंगलवार १९:०१
- 8 Shares

धनगढी, भदौ ९ (ई-रैवार)
कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताएका छन । भदौ १ गते ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो,’ उनले भने, ‘उनलाई झाडापखाला पनि लागेको थियो। सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढि भएपछि डडेल्धुरा पठाइएको थियो। आज कोरोना पुष्टि भएको छ।’
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्युको संख्या १३ पुगेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्