April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

 

डोटी, भदौ ९ (ई-रैवार) 

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको हो ।

अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ५९ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै डोटी जिल्लाका हुन्।

शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका ४ पुरुष र दिपायल सिलगढी नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए ।

पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको अस्पतालको प्रयोगशालामा आजबाट पुनः परीक्षण सुरु भएको छ। मर्मतपछि पुनः परीक्षण सुरु गरिएकोइन्चार्ज श्रेष्ठले बताएका छन ।