नेपालमा हालसम्म कोरोना परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी खर्च

काठमाडौं, भदौ ५ (ई-रैवार)
नेपालमा कोरोना संक्रमणको परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले हालसम्म सरकारले आजसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय २० रुपैयाँ खर्च गरिसकेको बताएका हुन ।
प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणका लागि सरकारले आजसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय २० रुपैयाँ खर्च गरिसकेको छ । पीसीआर परीक्षण गरेकामध्ये अहिलेसम्म देशभर ३० हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पत्ता लगाउन सरकारले शुक्रबार सम्म ५ लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गरेको छ ।
पीसीआर परीक्षणमा भएको कुल खर्च र संक्रमण पत्ता लागेको संक्रमितको दर हेर्दा १ जना संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ लगानी गरिरहेको छ ।
कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणका लागि सरकारले जनही ५ हजार ५ सय रुपैयाँ खर्च गरिरहेको जनाएको छ । जुन रकम पीपीईबाहेक ल्याब टेस्टमामात्रै लाग्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन ।
कोरोना संक्रमितलाई १ महिना आईसीयुमा राख्नुपरे सरकाले ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने प्रवक्ता गौतमले बताए । प्रवक्ता गौतमले परीक्षणपछि उपचार खर्च पनि निकै महँगो भएकाले लापरबाही नगर्न सबैलाई आग्रह गरेका छन् । जनस्वास्थ्यका मापदण्ड पालन गर्न उनले पुनः आग्रह गरे ।
प्रतिकृया दिनुहोस्