April 18, 2026, Saturday
२०८३ बैशाख ५

करिब १७ लाखका अबैध मोबाईल डिस्प्ले सहित एक जना पक्राउ

 

धनगढी, भदौ ५ (ई-रैवार)

कैलालीमा १६ लाख ८९ हजार ६ सय रुपैंयाको मोबाईल डिस्प्ले सहित एक जनालाई पक्राउ परेका छन । सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारत घर भएका ३४ बर्षिय चाँद अलीलाई बिहिबार दिउसो पक्राउ गरेको हो ।

जिल्ला लखिमपुर खिरी तिकुनिया ग्राम पञ्चायत उत्तर प्रदेश भारत घर भई हाल टीकापुर नगरपालीका वडा नम्बर १ मा डेरामा बस्दै आएका थिए ।

कोठामा अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको बिभिन्न कम्पनीका करिब १६ लाख ८९ हजार ६ सय मुल्य बराबरका मोबाईलका डिस्प्ले फोल्डरहरु थान १ हजार २ सय ६७ फेला पारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएका मोबाईलका डिस्प्ले फोल्डरहरु र निज चाँद अलीलाई आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय सत्ति पठाईएको छ ।