April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाढीपहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन विप्लव नेकपाको माग

 

धनगढी,  भदौ ४ (ई-रैवार)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढी पहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन माग गरेको छ। अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलाको बाढीले ठुलो जनधनको क्षती गरेपछि पीडित परिवारलाई उचित क्षतीपुर्ति तथा राहत उपलब्ध गराउन माग गरेको हो।

कैलाश खोलाको बाढिले बगाएर वेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्रता दिन माग गर्दै सेती महाकाली ब्युरोले मृतकप्रती गहिरो संवेदना समेत व्यक्त गरेको छ ।

सेती महाकाली ब्युरो कार्यालयका सचिव प्रशान्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बाढीका कारण हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न, घाईतेहरुको निःशुल्क उपचार गर्न, ज्यान गुमाउनेका परिवारजनहरु र धनजन क्षती भएका जनताहरु लाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी राज्य सँग जोडदार माग गर्दछ।’

बाढी पहिरोको जोखिममा रहेका सम्भावित बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्न समेत माग गरिएको छ।