April 18, 2026, Saturday
२०८३ बैशाख ५

राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने

 

काठमाडौं, भदौ ३ (ई-रैवार)

नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो ।

उनीसँगै सीआइबीले भिडियो इडिट गर्ने सन्जय लामा, कोमल लोप्चन, भिडियोमा खेल्ने अरुन टिटुन, मोडल लवाङ तामाङ, एरेन्जर प्रयास दोङलाई पक्राउ गरेको जनाएको छ ।

अन्य १ जनालाई महानगरीय अपराध महाशाखाको समन्वयमा मकवानपुरको हेटौडा र २ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । भदौ १ गते मंगोलहोप अफिसियल नामका युट्युब च्यानलमा ‘देशद्रोहि’ नाममा आपलोड भएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको थियो । गीतका शब्दहरु उल्लेख गर्न लायक पनि थिएनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको थियो ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको थियो । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका थियो ।