April 18, 2026, Saturday
२०८३ बैशाख ५

 सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

 

धनगढी,  भदौ ३ (ई-रैवार)

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ७ गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

ईन्चार्ज भुषालका अनुसार अछामको मेल्लेख गाउँपालिका ३ जना, डोटीको सायल गाउँपालिकाका २ जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको गौरीगंगा नगरपालिका –४ की २५ वर्षीया महिला, गौरीगंगा –९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका –४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको जनाएको छ ।