त्रुटीपूर्ण रहेको भन्दै प्रदेश प्रमुखद्वारा प्रमाणीकरणका लागि पठाएको प्रदेश सञ्चार विधेयक फिर्ता

जनकपुर, भदौ १ (ई-रैवार)
प्रमाणीकरणका लागि पठाएको प्रदेश सञ्चार विधेयक त्रुटीपूर्ण रहेको भन्दै प्रदेश प्रमुखले फिर्ता पठाएका छन। प्रदेश सभाबाट बहुमतले पारित भएको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरू समेत नमिलेको भन्दै प्रदेश प्रमुखको कार्यालयले उक्त विधेयक प्रदेश सरकारलाई फिर्ता पठाएको हो।
प्रदेश सरकारले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ लाई बेवास्ता गर्दै पत्रकारितामाथि नै अंकुश लगाउने खालका प्रावधान राखी प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष पठाएको थियो ।
प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजन लगायतका विभिन्न दफा – उपदफामा केही त्रुटि रहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी दिए ।
यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश सरकार प्रेसमाथि अंकुश लगाएको र प्रदेशसभाबाट पारित विधेयक प्रेस विरोधी रहेको भन्दै सो विधेयक फिर्ता लिन दबावमूलक कार्यक्रमहरू गर्दै आएको छ।
प्रदेश सरकारले विधेयकमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी नगरेको, प्रेसमैत्री विधेयक नरहेकोले यी सबै हुनुपर्ने माग राख्दै आफूहरूले आन्दोलन गर्दै आइरहेको नेपाल पत्रकार महासंघ नम्बर प्रदेश २ का महासचिव किरण कर्णले बताए ।





प्रतिकृया दिनुहोस्