भन्सार छलीगरी ल्याईएको सामान बरामद

धनगढी, भदौ १ (ई-रैवार)
भन्सार छलीगरी सामान प्रहरीले बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याईएको सामाना बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा वेवारिसे अवस्थामा ३५ हजार बराबरको ४ बोरा सुपर पावर सुर्ती, वडा नम्बर ७ बाट से १ ह २२८७ नम्बरको अटो रिक्साबाट ४ बोरा बिडि बरामद गरिएको छ ।
यस्तै १ बोरा सुपर पावर सुर्ती, २ बोरा प्लाष्टिकको झोला गरी १ लाख ४५ हजार र टीकापुर नगरपालिका वडा नम्बर ७ को खैरीघाटबाट ४ क्विन्टल ५० किलोग्राम केराउ गरी २ लाख बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयलाई बुझाईएको प्रवक्ता प्रहरी नायब उपरिक्षक विष्टले बताए ।





प्रतिकृया दिनुहोस्