कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड सात लाख नाघ्यो
- Eraibar
- २०७७ श्रावण ३१, शनिबार १०:३०
- 15 Shares

काठमाण्डौं, साउन ३१ (ई-रैवार)
महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड सात लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ३० हजार चार सय ५६ पुगेको हो ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या सात लाख ५१ हजार एक सय ५४ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
अमेरिकामा संक्रमतिको संख्या ५१ लाख ५० हजार चार सय सात र ब्राजिलमा ३१ लाख ६४ हजार सात सय ८५ पुगेको डब्लूएचओले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय १६ देशमा फैलिसकेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्