April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना संक्रमित पूर्वमेयर गिरीको उपचारको क्रममा मृत्यु

 

जनकपुर, साउन २८ (ई-रैवार)

कोरोना संक्रमित पूर्वमेयरको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा राति मृत्यु भएको हो ।

किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ पुष्टि भएको थियो ।

उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा  भर्ना भएका गिरीको  मृत्यु भएको परिवारले जनाएको छ । मृत्युपछि अन्त्येष्टिको लागि उनको शव नेपाली सेनाले जिम्मा लिएको थियो । यो संगै कोरना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ८७ पुग्यो ।

जनकपुरको रामा होटलका सञ्चालकसमेत रहेका गिरीले केहीदिन अगाडि मात्र जनकपुरस्थित होटलको भवनमा रहेका करिब तीनदर्जन पसल घरको भाडा बन्दाबन्दी अवधिसम्म छुट गर्ने निर्णय गरेका थिए ।

गिरी समाजमा सकेजति सहयोग गर्ने स्वभावका थिए । उनको मृत्युपछि जनकपुरमा शोक छाएको छ । गिरीका दुईजना छोरा सन्तोष र कुन्दन दुवै डाक्टर छन् । कान्छो कुन्दन अष्ट्रेलियामा छन् । सन्तोष नेपालमै छन् ।

फाईल तस्बिर