April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सहित आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 

काठमाडौं, साउन २८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेश सहित आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रहेकोले सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आजराति देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।