April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

 

काठमाडौं, साउन २६  (ई-रैवार)

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ जना, बाँकेका १ जना र पर्साका १ जना गरी ४ जनाको मृत्यु भएको हो ।

बाँकेक कोहलपुर नगरपालिका– २ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३ ः १० बजे निधन भएको छ । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् ।

त्यसैगरी पर्साको बेदियानी गाउँपालिका– १५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ । काठमाडौं महानगरपालिका मध्यबानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०ः १५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५ः४२ निधन भएको छ ।हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।