April 18, 2026, Saturday
२०८३ बैशाख ५

धारिलो हतियार प्रहारबाट घाइते भएका तीनजना नेपालगञ्ज रेफर

 

धनगढी , साउन २५ (ई-रैवार) 

कैलालीको टीकापुरमा दुई समूहबीच भएको ‘ग्याङ फाईट’मा धारिलो हतियार प्रहारबाट घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपमा परी घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको जानकारी दिएका छन ।

रेफर हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ का १७ वर्षीय दिनेश साउँद, १९ वर्षीय सुरज चौधरी र वडा नम्बर ९ का १७ वर्षीय भुवन साउँद रहेको प्रहरी निरिक्षक थापाले बताए। शनिबार साँझ वडा नम्बर ६ र ७ का युवाहरुबीच ‘ग्याङ फाईट’ भएको थियो।
‘ग्याङ फाईट’मा परी पाँच जना घाईते भएका थिए। झडपका क्रममा धारिलो हतियार प्रहार भएको देखिएपनि बरामद गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटना स्थलबाट टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई शनिबार नै पक्राउ गरिसकेको छ। उनीहरुले आफूहरु १० जनाको समुहमा आएको प्रहरी समक्ष बयान दिएका छन्।