April 18, 2026, Saturday
२०८३ बैशाख ५

पहिरोमा परी बाजुरामा बालकको मृत्यु, एक घाइते

 

बाजुरा, साउन २५ (ई-रैवार)

पहिरोमा परी बाजुरामा बालकको मृत्यु भएको छ । भने एक जना घाइते धाईते भएका छन । बाजुराको गौमुल गाउँपालिका–४ डाँडाबाडा भैंसी छाना गुवानीमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको हो ।

पहिरोमा परेर १२ बर्षीया अनिश विकको निधन भएको स्थानीय गोरख विकले बताएका छन् । सोही पहिरोमा परेर स्थानीय ६० बर्षीया भिके कामी गम्भीर घाईते भएको विकले जानकारी दिएका छन् ।

स्थानियका अनुसार गुवानी भन्ने लेकमा भैंसी गोठ छाना माथिबाट आईतबार बिहान सुतिरहेको बेला पहिरो आएको हो । पहिरोमा परेर ४ बाख्रा र एक गोरु समेत मरेको छन । घाईते कामीको कुम्मर र हात खुट्टामा चोट लागेको बताईएको छ । १० हजार बढी नगद र अन्य लत्ता कपडा समेत पहिरोमा पुरिएको प्रारम्भिक जानकारी आएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले स्थानीय समेत नभएको र विकट लेकमा भएका कारण उद्दारको लागि समस्या भएको जनाएको छ ।

अहिले घटना स्थलमा गई तत्काल राहत र उद्दार कार्यमा जुट्न जनप्रतिनिधिहरु र स्थानीयलाई गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले आग्रह गरेका छन् । गौमुल गाउँँपालिकाका उपाध्यक्ष सीता थापा सहित जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टाराई नेतृत्वको प्रहरीको टोली घटना स्थल तर्फ गएको छ ।