कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो
- Eraibar
- २०७७ श्रावण २३, शुक्रबार १८:२९
- 9 Shares

काठमाडौं, साउन २३ (ई-रैवार)
कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो ।
२०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई दोषी ठहर गरेको थियो ।
चौधरी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । अदालतले चौधरी सहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । चौधरी प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्