प्रशासनले ४ स्थानीय तहलाइ फरकफरक दिन सेवा दिने

धनगढी, श्रावण २२ (ई-रैवार)
जिल्ला प्रशासन कार्यालय कैलालीले ४ स्थानीय तहलाइ फरकफरक दिन सेवा दिने भउको छ । प्रशासनले ४ स्थानीय तहलाई फरकफरक बार सेवा दिने जानकरी दिएको हो ।
कोभिड –१९ को संक्रमण रोकथामका लागि गोदावरी नगरपालिकाका नागरिकलाई आइतबार र बुधबार, कैलारी गाउँपालिका नागरिकलाई सोमबार र बिहिबार, धनगढी उपमहानगरपालिका नागरिकलाई मंगलबार र शुक्रबार,मात्रै सेवा दिने भएको छ ।
त्यसैगरी चुरे गाउँपालिकाका नागरिकलाई सोमबार र बुधबार सेवा दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यी स्थानीय तहका नागरिकले नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी, हातहतियार दर्ता नविकरण, पत्रपत्रिका संघसंस्था सम्बन्धी कार्य र प्रमाणीत तथा सिफरिस जस्ता सेवाहरु प्रशासनले भने अनुसारका बारमा मात्र पाउँने छन् ।
तर शान्तिसुरक्षा निवेदन तथा कानुन सम्बन्धी सेवाहरु भने सबै कार्यालय दिनमा उपलब्ध हुने प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड –१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन ।





प्रतिकृया दिनुहोस्