April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत भेटेका थिए

 

 काठमाडौं, श्रावण २२ (ई-रैवार)

कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पनि भेटेका पाइएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतकालाई भेट गरेको पाइएको हो ।

प्रहरी समायोजन सम्बन्धी छलफलका लागि आन्तरिक मामिला मन्त्री यादव लगाएत जनकपुरबाट काठमाडौं आएका थिए ।

सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुख लगायतको बैठक भएको थियो । सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो ।

बैठक साउन १६ गते बसेको थियो । मन्त्री यादव १७ गते जनकपुर फर्किएका थिए । बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएका छैनन् ।