April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन, कोरोना संक्रमितको संख्या ६६ पुग्यो

 

बझाङ, साउन १७ (ई-रैवार) 

बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन गरिएको छ । कोरोना संक्रमितको संख्या थपिए पछि बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण शुक्रबार २५ जनामा र शनिबार थप ४१ जनामा संक्रमण पुष्टी भएको पछि बझाङको केदारस्युँ गाउँपालिकाले लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता लोकेश बहादुर भण्डारीले जानकारी दिए ।

केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार मात्रै २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएकोमा शनिबार थप ४१ जनामा संक्रमण पुष्टी भएको छ ।

पछिल्लो दुई दिनमा वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नम्बर ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ । अहिले संक्रमितको संख्या ६६ पुगेको छ ।

क्वारेन्टिइनबाट घर गएकाहरुमा कोरोना पुष्टि भएको हो। उनीहरुलाई गाउँपालिकाले नै घर पठाएको थियो । संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता भण्डारीले जानकारी दिए ।