वेपत्ता युवकको शव ३ दिनपछि भेटियो

बाजुरा, साउन १६ (ई-रैवार)
पहिरोमा पुरिएर वेपत्ता भएक एक युवकको शव शुक्रबार विहान भेटिएको छ । बुधबार दिउसो आएको अविरल वर्षासंगै अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएक युवकको शव शुक्रबार विहान भेटिएको हो ।
बुधबार साँफे मार्तडी राजमार्ग सडकखण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका–१ अम्कोटका २२ वर्षीय धर्मराज तिमिल्सेनाको शव भेटाएको जिल्ला प्रहरी कार्याल्य बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
प्रवक्ता रोकायाले दिएको जानकारी अनुसार बुढीगंगा नदीको आसपासमा ढुंगाले च्यापेको अवस्था शव फेला पारेको हो। शवलाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको खोजी कार्यपछि भेटिएको उनले बताएका छन् ।
सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते भएका हुन् । घाइते दुवै जनाको अछामको बयालपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ ।





प्रतिकृया दिनुहोस्