डोटीमा पिसिआर मेशिन पुग्यो
- Eraibar
- २०७७ श्रावण १४, बुधबार ०९:३७
- 14 Shares

हर्क बिक
डोटी साउन १४(ई–रैवार): डोेटीमा पिसिआर मेशिन पुगेको छ । प्रदेश सरकारले खरिद गरेर पठाएको पिसिआर मेशिन मंगलबार जिल्ला अस्पताल डोटीमा पु–याईएको छ ।
दुईवटा ट्रकमा मेशिनहरु पु–याईएको जिल्ला अस्पतालका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए ।
मंगलबार पुगेको मेशिन २० गतेसम्ममा जडान भईसक्ने अस्पतालले जनाएको छ । ‘जडान गर्न ईञ्जिनियरहरु आउनुभएको छैन् । आज÷भोलीसम्ममा पुग्नुहुन्छ,’ नायब सुब्बा बिष्टले भने,‘सम्भवतः २० गतेसम्ममा जडान भएर परिक्षण सुरु हुन्छ ।’
मेशिनले एकपटकमा ९६ नमुना परिक्षण गर्ने र दिनमा सातसय जति नमुना परिक्षण गर्ने क्षमता रहेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारले चैतमै डोटी,कञ्चनपुर र बैतडीमा पिसिआर परिक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो । त्यस निर्णयको ढिलोगरी मेशिन डोटीमा पुगेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्