April 18, 2026, Saturday
२०८३ बैशाख ५

पूर्वमन्त्री सुनिल थापासहित ४२ जना आज कांग्रेसमा प्रवेश गर्दै

 

काठमाडौं, साउन १३ (ई-रैवार)

राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापासहितका ४२ जना नेताहरु मंगलबार नेपाल कांग्रेस प्रवेश गर्ने भएका छन् । कांग्रेसमा प्रवेश गर्ने ४२ जनाको नाम कांग्रेस मुख्यालयमा उपलब्ध भइसकेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिलसहितका नेताहरुले कांग्रेस मुख्यालय सानेपामा आज (मंगलबार) दिउँसो ३ बजे कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाइएको छ ।

जसमध्ये २१ जना मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्नेछन् भने बाँकी २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट कांग्रेस प्रवेश गर्नेछन् ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका नेताहरुलाई पार्टी प्रवेश गराउने छन् । थापाले कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाउने छन् भने अन्य पाँच नेताले कांग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा विष्णुविक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र किरण गिरी छन् ।

त्यस्तै दुई जनाले आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् भने अन्य नेताहरूले विभाग, महासमिति सदस्यसहित विभिन्न तहको जिम्मेवारी पाउने बताईएको छ ।