गृहमन्त्रालयको निर्देशनः मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्नू
- Eraibar
- २०७७ श्रावण ११, आईतवार १४:५८
- 20 Shares

काठमाडौं, साउन ११ (ई-रैवार)
गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।
लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।
‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं । अटेर गर्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्र्तगत कारबाही हुन्छ’, प्रवक्ता अधिकारीले भने ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्