April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ – राजमो

 

काठमाडौं, साउन ११ (ई-रैवार)

पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने गरी फैसला सुनाउने प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने गरी फैसला सुनाउने प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग गरेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको भन्दै सो निर्णय न्यायका मूल्य, मान्यता र नजीरकाविरुद्ध रहेको जनाएका छन् ।

‘विज्ञप्तिमा सर्वोच्च अदालतले जुन आधार देखाएर त्यो फैसला गरेको छ, त्यो सही छैन । त्यो हत्याको घटना तत्काल आवेगमा आएर अप्रत्यासित रुपमा भएको होइन । त्यतिबेला नै घटनाको अनुसन्धान गर्दा घटना नियोजित रुपमा भएका तथ्यहरु प्राप्त भएका थिए । जहाँसम्म साना बालबालिकाको संरक्षणको कुरा छ, त्यस प्रकारका बर्बर हत्याराबाट बालबालिकाको संरक्षण हुन सक्दैन भन्ने नजीर अदालतबाट स्थापित भइसकेको छ । अहिले ती बालबालिका ठूला भइसकेका छन् । त्यसकारण सर्वोच्च अदालतको त्यो फैसला सही छैन । त्यो फैसला भ्रष्टाचार वा अनुचित प्रभावका आधारमा भएको हुन सक्दछ । त्यो निर्णय न्यायका मूल्य, मान्यता र नजीरका विरुद्ध छ । त्यो निर्णयको हामीले विरोध गर्दछौँ ।’ भनिएको छ ।