भलमन्साको अगुवाईमा रानाथारु समुदायले मनायो तीज

धनगढी, साउन ८ (ई-रैवार)
राना थारु समुदायको महत्वपूर्ण चाड तीज पर्व (साबनकी डोला) बिहीबार पश्चिम नेपालका राना समुदायमा सुरु भएको छ ।
यस चाडमा मिठो मसिनो खाने र छोरी चेलीहरु दाजुभाईको दिर्घायूको लागि ब्रत बस्ने चलन गरेको छ । साबनकी डोली (पिङ) चढेर परंपरागत गित गाउने चलन छ । यसैक्रममा धनगढी उप–महानगरपालिका वडा नं ८ गाउँधनगढीमा सामाजिक दुरी कायम राख्दै भलमन्सा सहजादे रानाको अगुवाईमा तिज कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । राना थारुको तीज कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख वडले, राना थारु समुदायको यो चाडको आफ्नै मौलिकता रहेको बताए । उनले भने, धनगढी उप–महानगरपालिकाले सबै जातजाती, धर्म , क्षेत्रका ब्यक्तिको चाडबाड र परंपरालाई समान प्राथमिकता दिदै आएको छ ।
कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नारायण प्रसाद बराल, नेपाली कांग्रेसका वडा सभापती चेतराम राना, सचिव मोहना ओझा, राना थारु समाजका पूर्व केन्द्रिय सदस्य भंगी राना, धनीराम राना लगायतको उपस्थीति रहेको थियो ।





प्रतिकृया दिनुहोस्