March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

 

नयाँदिल्ली, साउन ८ (ई-रैवार) 

कारोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन स्वाब परीक्षणको नजिता ‘नेगेटिभ’ आएको छ । यद्यपि, अझै दुई वटा परीक्षण भने बाँकी नै छन् ।

विगत १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना छन् । संक्रमण देखिएपछि हो क्वारेन्टाइनमा बसेकी उनी पुत्रबधु ऐश्वर्या राय र नातिनी आराध्या पनि सोही अस्पतालमा भर्ना छन् ।

अमिताभ बच्चनको बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको नानावती अस्पतालसम्बद्ध स्रोतलाई उद्धृत गर्दै भारतिय मिडियाहरुले जनाएका छन ।

चिकित्सकहरुका अनुसार लगातार तीन वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अमिताभलाई अस्पतालबाट डिस्चार्ज गरिने छ ।

‘अमर उजाला’ अनलाइन संस्करणले अमिताभपुत्र अभिषेक बच्चनका सबै रिपोर्टहरु नेगेटिभ आएको र बिहीबार बेलुकीसम्म डिस्चार्ज गरिने समाचारमा उल्लेख गरेको छ । समाचारअनुसार ऐश्वर्या र आराध्याको स्वाव परीक्षणको नतिजा आएको छैन ।