अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

काठमाडौं, साउन ४ (ई-रैवार)
देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिणतिर अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभागका अनुासार आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश १ र प्रदेश २ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका धेरै स्थानहरुमा हलका देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । यस्तै आइतवार राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।





प्रतिकृया दिनुहोस्