March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

 

धनगढी, श्रावण  ४  (ई-रैवार)

भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ ।

वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन भनेको छ उनको जन्म वाराणसीमा भएको थियो र परिवारका मानिस सरकारी सेवामा छन् ।

हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको थियो। ती व्यक्त्तिको कपाल मुण्डनपछि उनको टाउकोमा जय श्री राम लेखिएको थियो।

ती व्यक्त्ति भारतीय भएको पुष्टि गर्दै वाराणसी प्रहरीले अहिलेसम्म ६ जना गिरफ्तार भइसकेको जनाएको छ। प्रहरीका अनुसार ती व्यक्त्तिले यस्तो काम गर्नका लागि संगठनसँग पैसा लिएका थिए ।

भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको थियो ।

भिडियामा उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्रीको ओली अभिव्यक्ति पराराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत खण्डन गरेपछि भारतीय पक्षले टिप्पणी गर्न आवश्यक नरहेको बताएको छ ।

यसअघि अयोध्याका एकजना सन्तले धर्मादेश जारी गर्दै नेपालका सडकमा आफ्ना अनुयायी उतार्ने र एक महिनाभित्र केपी ओली सरकार ढालिदिने उद्घोष गरेका थिए ।