October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

डडेल्धुरा, असार ३१

घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन ।
डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन । उनी निकट एक आफन्तले दिएको जानकारी अनुसार कसैले थाहा नपाउने गरेर फटाफट बोका काटेर उनी घनगढी फर्किएका छन । उनले मन्दिरमा पूजाको तस्विर समेत खिच्न दिएका थिएनन्।

मन्त्री हुनु अघि मलाई मन्त्री दिलाउ प्रभु म हजुरको सेवा गर्ने छु भन्दै भाकल गरेका मन्त्री भट्टले भाकल अनुसारको माग पुरा भएपछि बली दिएका हुन । घटाल देवताको भाकल पुरा भएपछि बोका, हाँस, कुखुरा, रागा भेडा वलीमध्ये कुनै पनि पशुको बली दिइने चलन छ ।

घटाल देवताले मागेको वर पुरा गर्ने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अनुसार डोटी र डडेल्धुराका सर्वसाधारण घटाल देवतालाई आफ्नो मनको इच्छा पुरा गर्न भाकल गर्ने गर्छन ।

घटाल देवतालाई कसैले महाभारतका भीमसेन पुत्र घटोत्चक त कसैले शिव भगवानकारुपमा मान्ने गर्छन ।

तर आफूलाई माक्र्सवादी भन्ने र जनयुद्धकालमा देवीदेवताका मन्दिर भत्काउन निर्देशन दिने कम्युनिष्ट सरकारका मन्त्री भट्टले गुपचुप रुपमा बोकाको बली दिएको कुराले सुदूरपश्चिमेली चकित परेका छन ।

लकडाउनका वेला काठमाडौबाट बली चढाउनकै लागि मन्त्री भट्ट सुदूरपश्चिम आएको बताइन्छ । उनको अरु कुनै राजकिय कार्यक्रम सार्वजनिक भएको छैन । हाम्राकुराबाट