April 18, 2026, Saturday
२०८३ बैशाख ५

मास्क नलगाउने २ सय ४६ जना कारबाहीमा

 

महेन्द्रनगर, असार ३० (ई-रैवार)
कञ्चनपुरमा मास्क नलगाउनेलाई कारबाही गरिएको छ । सार्वजनिक स्थलमा मास्क बिना बजारमा हिँडडुल गर्दा २ सय ४६ जनालाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले बजारमा सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेका ३४ जनालाई जनही १ सय रुपैयाँ जरिवाना स्वरुप लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापाले बताए ।

मंगलबारदेखि बजार क्षेत्रमा ट्राफिक प्रहरीले जनचेतनाको लागि सडकमा हिँडने तथा सवारी साधनमा बिना मास्क लगाएकाहरुलाई मास्क लगाउनको लागि आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताएका छन ।

कोरोना भाईरसको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य मास्क लगाएर हिँडडुल गर्न तथा सामाजिक दूरी कायम गर्नको लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताएका हुन ।

नियमको उल्लंघन गरी मास्कको प्रयोग नगरी बजारमा आउने सामाजिक दूरी कायम नगर्ने व्यक्तिलाई १ घण्टा सडकमै रोकेर राख्ने तथा संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल नियन्त्रण लिई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।