शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

धनगढी असार १२(ई-रैवार)
शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जना छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका ५ महिला र २० पुरुष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौँ जना, बाजुरका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको छ । चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। जसमा डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ८ सय ८६ पुगेको छ।





प्रतिकृया दिनुहोस्