April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

धनगढी असार ११(ई-रैवार)

पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको पिसिआर परीक्षणमा थप कोरोना संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको सूचना अनुसार धनगढीस्थित प्रयोगशालाबाट सुदूरपश्चिममा कुनैपनि व्यक्तिको कोरोना संक्रमण नभएको हो ।

धनगढीमा २४ घण्टामा एकसय ८३ वटा ‘थ्रोट स्वाब’का नमुना परीक्षण भएको सूचनामा जनाईएको छ ।

अब काठमाण्डौँमा भएको पछिल्लो २४ घण्टाको नतिजा आउन भने बाँकी छ । जसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेकदिन दिउसो ४ बजे प्रेस ब्रिफिङमार्फत जानकारी दिन्छ ।

यसअघि हिजोसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार पाँच सय ४९ पुगिसकेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय आँठ जनामा कोरोना पुष्टि भएको छ।