April 18, 2026, Saturday
२०८३ बैशाख ५

नगरसभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

धनगढी असार १०(ई-रैवार)
कैलालीको घोडाघोडी नगरपालिकाको सातैँ नगरसभा डाध्यक्षहरुले बहिस्कार गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगरसभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका हुन् ।
नगर प्रमुख र प्रशासकिय अधिकृतले बजेटमा एकलौटी र मनोमानी ढंगले गर्न खोजेको भन्दै वडा न २, ३, ७, ८,११ र १२ का वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगर सभा बहिस्कार गरेका हुन् ।
हिस्कारपछि नगर सभामा सिमित व्यक्तिहरु बाहेक कोहि उपस्थित छैनन् । नगर सभा हुने भनिएको स्थान सुनसान देखिएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु र अन्य सरोकारवालाहरुले समेत कार्यक्रममा उपस्थिति जनाएका छैनन् । घोडाघोडी नगरपालिकाको निति तथा कार्यक्रममा नगर प्रमुखले एकलौटी गर्न खोजेको र वडामा थोरै बजेट राखेर वडा लाई नङ्ग्याउन खोजेको भन्दै आफुले नगर सभाको बहिस्कार गरेको वडा न ७ का वडा अध्यक्ष धन बहादुर बमले बताए ।
त्यस्तै नगर सभा भनेको नगरवासीहरुको पर्व भएकोले नगर सभा लुकेर गर्नु भनेको जनताप्रतिको अपमानित व्यवहार भएको घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले बताए ।